काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ७ घण्टाअघि पोष्ट गरेको स्टाटस हटाएर पुनः अर्को स्टाटस लेखेका छन् ।
मेयर शाहले गएराति १० बजेपछि ‘मेरो माया लाग्छ ?’ भनेर फेसबुक स्टाटस लेखेका थिए । तर उनले ७ घण्टा नबित्दै उक्त स्टाटस हटाएर गहना खोज्ने जात्रा हाँडीगाउँमा सबैलाई स्वागत छ उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘आज गहना खोज्ने जात्रामा स्वागत छ सबैलाई, नरः (हाँडीगाउँ) मा । हाँडीगाउँको जात्राको प्रसङ्ग आउनेबित्तिकै ‘कहीं नभएको जात्रा, हाँडीगाउँको’ भनेर मानिसले सम्झने बुझ्ने गर्छन् । वास्तवमा अस्तिदेखि हुँदै गरेको र आज मुख्य दिन रहेको गहनापोखरीको जात्रा त्यो होइन, अलग हो । ‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।’
गएरातिको स्टाटस उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन । उनको उक्त स्टाटस भाइरल भएको थियो । २ घण्टाको अवधिमै १ लाख ३० हजार रियाक्सन र ४२ हजार ३०० भन्दा बढी कमेन्टहरु थिए ।
Leave a Reply