Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालेनले पोष्ट गरेको ७ घण्टा नबित्दै किन हटाए स्टाटस ?

बालेनले पोष्ट गरेको ७ घण्टा नबित्दै किन हटाए स्टाटस ?

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो स्टाटस हटाएका छन् ।

उनले शनिबार राति १० बजेपछि ‘मेरो माया लाग्छ ?’ भन्ने स्टाटस सामाजिक सञ्जालमा राखेका थिए ।

तर आइतबार बिहानै बालेनको उक्त स्टाटस हटाएका हुन् । उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिएको थिएन ।

बालेनले मुख्यतः राति नै यस्ता स्टाटस लेख्ने गर्छन् । जस कारण झ्यापमा स्टाटस लेखेको भन्दै आलोचना समेत हुने गरेको छ । उनले कुन सन्दर्भमा किन यो स्टाटस राखेका थिए र पछि किन हटाए भन्ने स्पष्ट छैन ।

उनको यो स्टाटस भाइरल भएको थियो । २ घण्टाको अवधिमै १ लाख ३० हजार रियाक्सन र ४२ हजार ३०० भन्दा बढी कमेन्टहरु थिए ।

उनी पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई महानगरमा हाजिर गराएपछि रुष्ट छन् । बालनले कार्यालय समेत जान छोडेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077