Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

आइतवार , चैत्र ३०, २०८१

भोजपुर । भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडा नम्बर ३ सेतीबगरमा गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077