Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रचण्डले भने – १७ हजारको हत्याको त कुरै छाडौं, एक जनालाई पिटेको पनि छैन

प्रचण्डले भने – १७ हजारको हत्याको त कुरै छाडौं, एक जनालाई पिटेको पनि छैन

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई १७ हजारको हत्यारा भनिरहँदा एक जना मान्छेलाई पनि नपिटेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

केन्द्रका अध्यक्ष प्रचण्डले भने,‘एकथरी मानिसहरू १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो ।आजभोलि त प्रचण्डले भन्न थालिएको छ । मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने ।’

प्रचण्डले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो समेत गरे ।

उनले भने,‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077