Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • प्रचण्डले भने – १७ हजारको हत्याको त कुरै छाडौं, एक जनालाई पिटेको पनि छैन

    प्रचण्डले भने – १७ हजारको हत्याको त कुरै छाडौं, एक जनालाई पिटेको पनि छैन

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 291
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई १७ हजारको हत्यारा भनिरहँदा एक जना मान्छेलाई पनि नपिटेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।



    केन्द्रका अध्यक्ष प्रचण्डले भने,‘एकथरी मानिसहरू १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो ।आजभोलि त प्रचण्डले भन्न थालिएको छ । मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने ।’

    प्रचण्डले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पंक्तिबाट त्यसको खण्डन नभएको भन्दै गुनासो समेत गरे ।

    उनले भने,‘युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु । तर, यति धेरै गलत आरोप लागिराख्दा बुद्धिजीविबाट यसमा खण्डन भएको देखिँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार