एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने चेतावनी दिएका हुन् । ट्रम्पले चीनमा लगाइने नयाँ कर ५० प्रतिशत हुने बताए ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानमा ३४ प्रतिशत कर लगाउने बताएको थियो, त्यसपछि चीनले शुक्रबार अमेरिकामा पनि यस्तो कर लगाउने घोषणा गरेको थियो ।
यसैबीच, डोनाल्ड ट्रम्पले फेरि ट्रुथ सोसलमा ट्यारिफसम्बन्धी आफ्नो नीतिहरूको रक्षा गरेका छन् ।
Leave a Reply