काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्दागर्दै बिचौलियाले आफू नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।
मंगलबार माओवादी–तराई मधेश जागरण अभियान अन्तर्गत नवलपुरको कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरूबाट बाहिर जान बाध्य पारियो ।’
सबै एकजुट भएर अघि बढ्यौं भने भ्रष्टाचारीलाई यो देशबाट निर्मुल गर्न सकिने उनको भनाई थियो ।
आफू नेतृत्वको सरकार हुँदा छिमेकी देश भारत र चीनसंग सन्तुलित सम्बन्ध रहेको बताउँदै उनले भने,‘दुई छिमेकी राष्ट्र भारत र चीनसँग राम्रो र सन्तुलित सम्बन्ध विस्तार गरेको थिएँ । केही ऐतिहासिक निर्णय पनि भएका थिए ।’
आफनो नेतृत्वको सरकार हुँदा नेपाली जनताको इज्जत र प्रतिष्ठालाई उठाउने काम भएको बताएका उनले भने,‘संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तन, अन्तराष्ट्रिय सम्मेलन लगायतका मञ्चमा धेरै राम्रा काम भएका छन् । थुप्रै महत्त्वपूर्ण र ऐतिहासिक निर्णय पनि भए ।’
Leave a Reply