Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्रीको आश्वासनमा शंका छैन : हर्क सापाङ

प्रधानमन्त्रीको आश्वासनमा शंका छैन : हर्क सापाङ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीलाई प्रमुख मानवीय आवश्यकता र धरानको मुख्य समस्या भएको बताएका छन्।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै मेयर राईले यस्तो बताएका हुन् ।

उनले सडकभन्दा पनि खानेपानी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनले खानेपानी व्यवस्थापनका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने र बजेटमार्फत स्रोत जुटाउने प्रधानमन्त्रीको आश्वासन पाएको खुलाए ।

“आश्वासनमा शंका गर्नुहुँदैन, तर बजेटले सम्बोधन नगरे विश्वास लाग्दैन,” उनले भने । मेयर राईले धरानमा खानेपानी मुख्य समस्या रहेको उल्लेख गर्दै सडक निर्माण दोस्रो प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077