Online Nepal
  • बिहिबार, २८ चैत्र २०८१
  • प्रधानमन्त्रीको आश्वासनमा शंका छैन : हर्क सापाङ

    प्रधानमन्त्रीको आश्वासनमा शंका छैन : हर्क सापाङ

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 327
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीलाई प्रमुख मानवीय आवश्यकता र धरानको मुख्य समस्या भएको बताएका छन्।

    सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै मेयर राईले यस्तो बताएका हुन् ।



    उनले सडकभन्दा पनि खानेपानी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे ।

    उनले खानेपानी व्यवस्थापनका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने र बजेटमार्फत स्रोत जुटाउने प्रधानमन्त्रीको आश्वासन पाएको खुलाए ।

    “आश्वासनमा शंका गर्नुहुँदैन, तर बजेटले सम्बोधन नगरे विश्वास लाग्दैन,” उनले भने । मेयर राईले धरानमा खानेपानी मुख्य समस्या रहेको उल्लेख गर्दै सडक निर्माण दोस्रो प्राथमिकतामा राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार