Online Nepal
  • शुक्रबार, १२ बैशाख २०८२
  • फुटपाथ व्यवसायिको पीडा : ‘बरु ‘मार्दिया’ सञ्चै हुन्थ्यो’

    फुटपाथ व्यवसायिको पीडा : ‘बरु ‘मार्दिया’ सञ्चै हुन्थ्यो’

    सपना बोहरा
  • शनिबार, २३ चैत्र २०८१
  • 450
    SHARES

    ‘मार्दिया सञ्चै हुन्थ्यो, दुःखले गरिखान पनि नदिने भो सरकारले । पख अर्कोपटक चुनावमा जित्लास ! पिडासहितको आक्रोस थियो कोहलपुरकी रामकली खड्काको । उनी आक्रोसित हुनुको एउटै कारण थियो–आफैले भोट दिएर जिताएका जनप्रतिनिधिले नै नगर प्रहरी लगाएर आफ्नो व्यवसायमाथि धावा बोल्दाको ।

    खड्काले एउटा सवारी साधनमा अंगुर किनिदिन अनुरोध गरिरहेकी थिइन् । कतिबेला नगर प्रहरी आए पत्तो नै पाइनन् । कुनै मानवियता, दया नदेखाएर उनको फलफूल भएको प्लाष्टिकको पोको नै खोसिदिए ।



    दुबैतर्फबाट पोको तानातान गर्दा धेरै भाग नगर प्रहरीतर्फ र थोरै मात्र खड्काको हातम पर्यो । सयौं जमातकोबीच बजारमा यो दृश्य देख्दा जो–कोहीलाई पनि नराम्रो लाग्छ ।

    मिर्गौैलामा समस्या देखिएपछि उनको श्रीमान घरमै थला परेपछि उनी फुटपाथमा फलफूल बेच्न आएकी थिइन् । घरमा स–साना तीन छोरा भएकी खड्काले फुटफाथमा फलफूल बेचेर साँझ बिहानको छाक टार्थिन र श्रीमानको आषधी उपचार पनि ।

    दिनभरी प्लास्टिकको झोलामा फलफूलको पोको पारेर पुर्व–पश्चिम जाने सवारी साधनका यात्रुहरुलाई बेच्ने गर्छिन् उनी । परिवारको लालन पोषण गर्ने श्रीमान नै रोगले थला परेपछि उनलाई फुटपाथमा आएर बिहानदेखि राती अबेरसम्म फलफूल बेच्नु पर्ने बाध्यता छ ।

    ‘श्रीमान रोगले थला पर्नु भा’छ, मलाई फुटपाथमा फलफूल बेच्न दिनु प¥यो’ भनेर उनी जनप्रतिनिधीसँग आग्रह गर्न जाँदा जनप्रतिनिधिले उल्टै थर्काएको उनको गुनासो थियो ।

    खड्काले जनप्रतिनिधिको कुरालाई उद्धृत गर्दै भनिन्–‘तपाई जस्ता यहाँ सयौं आउँछन दिनमा, हामी कसैलाई पनि फुटपाथमा केहि सामान बेच्न दिदैनौं ।’ त्यसपश्चात उनी नगरप्रहरी र जनप्रतीनिधीको आँखा छलेर प्लाष्टिकमा पोका पारेर फलफूल बेच्न थालिन । उनी निरास हुँदै भन्छिन्–‘दुःख गरी खान पनि दिंदैन सरकारले बरु मार्दिया सञ्चै हुन्थ्यो ।’

    दाङकी निर्मला बिकले पनि फुटपाथमै तरकारी, फलफूल बेचेर दुई दशक बिताइसकेकी छन् । उनले घोराहीको फुटपाथमै काम गरेर दुई छोरी एक छोरा हुकाईन् । उनीहरुलाई पालन पोषणका साथै शिक्षा पनि दिनु पर्नेछ ।

    तर, अहिले सरकारले फुटपाथ छोडनु पर्छ भनेपछि बिक पनि आफ्नो जीवनमा समस्या आउने गुनासो गर्छिन । ‘फुटपाथमै आधा जिन्दगी बितिसक्यो, बैकल्पीक व्यवसाय नदिएर हामीलाई हटाउन मिल्छ ?’, बिकले भनिन–‘पहिलेदेखि गर्दै आएको पेशा यहि हो, बैकल्पविना हामीलाई हटाउन मिल्दैन ।’

    हिजोआज उनी पहिले जस्तै सडमा तरकारी र फलफूल व्यवसाय गर्न पाउँदिनन् । तर लुकिछिपि खड्काले जस्तै फलफूलको पोको बनाएर गाडी गाडीमा बेच्ने गर्छिन ।

    ‘आफनो नाममा जग्गा छैन, कुनै ब्यापार व्यवसाय गर्नको लागि ऋण पाउँदैन’, उनले भनिन्–‘छोरा छोरीलाई पढाउनुपर्नेछ, फुटपाथमा बाहेक अरु के गर्न सक्छु म ?’ फुटपाथमा दिनभर कमाएको पैसाले साँझ–बिहान छाक टार्ने र बचेको पैसाले छोरा छोरीको पढाई लेखाई, औषधी उपचारमा खर्च हुने उनले बताईन् ।

    खड्का र बिक त कोहलपुर र घोराहीका पिडादायिक पात्रमात्र हुन् । यो समस्या कोहलपुर र घोराहीको मात्रै होइन, राजधानी काठमाडौंदेखि देशभरकै समस्या हो यो ।

    काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह ‘बालेन’ आएपछि ठेलागाडा र फुटपाथ व्यवसाय बन्द नै भएको छ । जसले गर्दा शहरको सुन्दरतामा केही राम्रा पक्ष देखिए पनि कतिपयको रोजिरोटी भने खोसिएको छ ।

    ठेलागाडा र फुटपाथ व्यवसाय बन्द हुँदा देशभरका हजारौ महिला तथा पुरुषहरुको रोजीरोटी नै खोसिएको छ । स्थानीय सरकारले शहर व्यवस्थापनका नाममा फुटपाथ व्यापारीहरुलाई कुनै वैकल्पिक रोजगारी नदिंदा एकातिर जनप्रतिनिधिमाथि आम सर्वसाधरणाको आक्रोश बढेको छ भने अर्कोतिर आम्दानीको स्रोत बन्द हुँदा ति व्यवसायीहको जीवन धान्न कठिन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार