Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पत्रकार रजकको परिवारलाई भाटभटेनीले पाँच लाख दिने

पत्रकार रजकको परिवारलाई भाटभटेनीले पाँच लाख दिने

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले राजावादीको आन्दोलनका क्रममा ज्याज गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई राहतस्वरुप पाँच लाख दिने भएको छ ।

सुरक्षा गार्डलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा सञ्चालक गुरूङले पत्रकार रजकलाई पाँच लाख र कीर्तिपुरका सविन महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

चैत १५ गते राजावादी समर्थकहरूले तिनकुनेमा एक व्यापारी भवनमा आगजनी गर्दा पत्रकार रजकको जलेर मृत्यु भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

गुरुङले प्रदर्शनका क्रममा निजी घर,व्यवसायमा आगजनी गर्ने काम निन्दनीय भएको बताए ।

लुटेराहरुलाई ‘रामधुलाई’ गर्ने भाटभटेनीका सुरक्षागार्डलाई ५ लाख पुरस्कार
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न आएकाहरूलाई प्रतिकार गर्ने सुरक्षागार्डहरु पुरस्कृत भएका छन् ।

भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीसहित अन्य सुरक्षागार्डहरुलाई बुधबार पुरस्कृत गरेका हुन् । सञ्चालक गुरुङले पराजुलीलाई पाँच लाख एक हजार १११ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका छन् ।

पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा अझै भाइरल नै छ । त्यस्तै अन्य सुरक्षागार्डहरूलाई पनि भाटभटेनीले नगद पुरस्कार दिएको छ।

उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077