Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खानेतेलको मूल्य बढ्यो

खानेतेलको मूल्य बढ्यो

मंगलवार , चैत्र १८, २०८१

काठमाडौँ । पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ ।

नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँ बढेको छ ।

गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपियाँ बढेर प्रतिलिटरको ४१० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपियाँमा पाइएकोमा १५ रुपियाँ बढेर प्रतिलिटर ३२५ रुपियाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077