Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै

पाँच सय दरका २३ करोड नयाँ नोट छापिँदै

सोमवार , चैत्र १७, २०८१

काठमाडौँ । बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन प्रक्रिया सुरु गरेको हो ।

राष्ट्र बैङ्कले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ ।

इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077