सिन्धुली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि हिंसा र गुन्डागर्दी मच्चाउन सक्ने बताएका छन् ।
सिन्धुलीको दुधौलीमा आयोजित माओवादी नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले चैत १५ गते तिनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हत्याको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने बताए ।
“आफ्नै घरमा भयानक हत्याको मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न कुनै हिचकिचाहट मान्दैनन् । ज्ञानेन्द्रलाई छुट दिनुहुँदैन भन्ने जनस्तरबाटै आवाज उठेको छ। सबै राजनीतिक दलले पनि यो मान्यता राखेका छन् ।” प्रचण्डले भने,
साथै अब पूर्वराजा ज्ञानेन्द्रलाई छाडा छोड्न नसकिने उनको भनाई छ ।
Leave a Reply