Online Nepal
  • मंगलबार, ३० बैशाख २०८२
  • बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

    बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ बैशाख २०८२
  • 258
    SHARES

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियाबीच कुरा नमिलेकै कारण गभर्नर नियुक्तिमा ढिलो भएको बताएका छन् ।
    रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको बताएका हुन् ।



    उनले भने,‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो ।’

    बिचौलियाहरुले कहिले कांग्रेसलाई त कहिले एमालेलाई पकडेकाले गथर्नर नियुक्तिमा ढिलाई भएको प्रचण्डको भनाई छ ।

    गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव समेत दिए ।

    स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार