काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका थिए ।
अध्यक्ष प्रचण्डले,‘अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । पछिल्लो पटक राजतन्त्र फर्काउने प्रयासस्वरुप भइरहेको छ । अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन ।’
Leave a Reply