काठमााडौँ । काठमाडौँ महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।
आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन निर्मल निवास गएको थियो । तर तर पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले पत्र बुझ्न अस्वीकार गरेपछि उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।
शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।
चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।