Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सिन्धुलीमा जीपको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

सिन्धुलीमा जीपको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

आइतवार , चैत्र १६, २०८१

सिन्धुली । सिन्धुलीमा जीपको ठक्करबाट कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ ।

सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरबहादुर खपांगीको मृत्यु भएको हो ।

साइकलमा सवार खपांगीलाई बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका–६ को रातमाटा घुम्ती नजिक जीपले ठक्कर दिएको थियो ।

ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077