Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ ।

काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्‍याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो ।

महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो ।

शनिबार महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरेको थियो । संकलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077