Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालेनले लगाए पूर्वराजा ज्ञानेन्द्रलाई नौ वटा शिर्षकमा ७ लाख ९३ जरिवाना (पत्रसहित)

बालेनले लगाए पूर्वराजा ज्ञानेन्द्रलाई नौ वटा शिर्षकमा ७ लाख ९३ जरिवाना (पत्रसहित)

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा शुक्रबार फोहोरमैला गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना बुझाउन पत्राचार गरेका छन् ।

महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

काठमाडौं महानगरपालिकाका फरक फरक नगर प्रहरी निरीक्षकहरुले हस्ताक्षर गरेको पत्रमा  ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरिएको ब्यहोरा उल्लेख गरिएको छ ।

निजी सम्पत्तिको क्षतिपूर्ति स्थानीय सरकारको क्षेत्राधिकारभित्र नभएको उल्लेख गर्दै पत्रमा भनिएको छ–‘काठमाडौं महानगरपालिका वडा नं. ३२ तिनकुनेमा आयोजना गरिउको कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडक पेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकाले तपाईलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरपालिकाको आसिर्थक ऐन, २०८१ बमोजिम रु एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।

राजावादीहरुले हिजो गरेको आन्दोलन हिंस्रात्मक बन्दा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने करोडौंको निजी र सरकारी सम्पत्तिमा क्षती पुगेको छ ।

महानगरले हिजो नै काठमाडौंमा कार्यक्रम गरेको समाजवादी मोर्चालाई भने कुनै जरिवाना गरेन ।

यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१. कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२. महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३. तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४. जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५. बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६. सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७. महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८. तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९. तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

महानगरले पूर्वराजालाई काटेको पत्र यस्तो छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077