Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

रजक जल्नुअघि भिडिओमा देखिएकी युवती एभिन्युज टिभीकी पुर्वपत्रकार

रजक जल्नुअघि भिडिओमा देखिएकी युवती एभिन्युज टिभीकी पुर्वपत्रकार

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । एभिन्युज टेलिभिजनका क्यामराम्यान सुरेश रजक जल्नुअघिको खिचिएको एउटा भिडियो भाइरल बनिरहेको छ । उनलाई बन्धक बनाएर बाहिरबाट आगो लगाएको कतिपयले टिप्पणी गरिरहेका छन् ।

सार्वजनिक भिडिओमा देखिएका व्यक्तिहरुले आगो लगाएको हुनसक्ने आकलन गरिएको छ । तर भिडिओमा देखिएकी एक युवती सोही टेलिभिजनमा विगतमा काम गरेकी सञ्चारकर्मी एनी (अनिता) कुँवर भएको पुष्टि भएको छ ।

घरमा आगो लागेपछि आफुले हारगुहार गरेको र आगो निभाउन प्रयास गरेको बयान उनले फेसबुकमा लेखेकी छन् । भिडिओमा सुरेश कोठाभित्र थुनिएको अवस्थामा एनी र उनको पछिपछि अर्को व्यक्ति भर्याङबाट तल ओर्लिरहेको देखिएको छ । अर्को व्यक्तिले स्कार्फले अनुहार छोपेका छन् ।

घरमा आगो लागेपछि एनीले भित्र मान्छे थुनिएको भन्दै फेसबुक लाइभमा आएर हारगुहार गरेकी थिइन् । राजावादी अभियन्तासमेत रहेकी एनीले लेखेको फेसबुक स्टाटस लेखेकी छिन्,'प्रशासन सबैलाई फोन गरेँ, दमकललाई फोन गरेँ हारगुहार गरे केहीबेर लाईभ गरेँ फेसबुकबाट पनि । कोही नअएपछि कोही छ भने सके आफै जान्छु भनेर म आफै पत्रकार भए पनि कसैको ज्यान बचाउँ, भवन जल्दैछ त्यो हेरेर बस्न सकिनँ । यसो हेर्छु, मेरो पनि आँखा पिरो भएकोले केही देखेको थिइनँ ।

गेटमा ताल्चा थियो, म बाहिरबाट भिडियो खिच्दै गुहार गर्दै थिएँ, सबै एक-आपसको भिडन्तमा छन् । मेरो गुहार कसैले सुन्ने अवस्था थिएन ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077