Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध काभ्रेमा विरोध सभा

पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनीविरुद्ध काभ्रेमा विरोध सभा

शनिवार , चैत्र १५, २०८१

बनेपा । पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा विरोध सभा गरेको छ ।

चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले बनेपामा सभा गरेको हो । विरोध र्‍याली बनेपाको चारदोबाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो ।

सभामा महासंघका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पूर्व अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटाको उपस्थिति रहेको थियो ।

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रसारक मन्चका जिल्ला संयोजक रमेश न्यौपाने, नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायत सभामा सहभागीहरुले प्रेसमाथि भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापूर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077