Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पूर्व राजा ज्ञानेन्द्र शाहले भाग्ने तयारी गरेपछि पासपोर्ट रद्द गर्दै सरकार

पूर्व राजा ज्ञानेन्द्र शाहले भाग्ने तयारी गरेपछि पासपोर्ट रद्द गर्दै सरकार

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

हिंसात्मक आन्दोलन भड्काएको आरोपमा सरकारले पूर्वराजा शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको हो। दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको बताइएको छ ।

हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हुन् । तर, उनलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने सरकारको ठम्म्याई छ ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । प्रक्रिया अघि बढिसकेको स्रोतको दावी छ ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई अनुरोध गरिसके छन् । समाजवादी मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिक्रिया दिँदै पर्दा पछाडि ज्ञानेन्द्र शाहकै हात रहेको दाबी गरे ।

उनले भने–‘ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ । अब ज्ञानेन्द्रलाई छाडा हुन दिनु हुँदैन ।
तीनकुनेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077