Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालनमा

अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालनमा

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ ।

विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको थियो ।

तर अहिले विमानस्थलको उडान सञ्चालन भएको हो । आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो ।

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो।

उडान अवतरण अवरुद्ध भएको समयमा आएका जहाजहरू भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077