Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

तीनकुने हिंसात्मक प्रदर्शन : दुई जनाको मृत्यु, ३५ घाइते

तीनकुने हिंसात्मक प्रदर्शन : दुई जनाको मृत्यु, ३५ घाइते

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी गराएका हुन् ।

झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै काठमाडौंका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । यस्तै राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा आगजनी भएको घर भित्र एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर सुरेश रजकको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077