Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रेस चौतारीको महाधिवेशन आजबाट, उद्‌घाटन गर्दै प्रधानमन्त्री ओली

प्रेस चौतारीको महाधिवेशन आजबाट, उद्‌घाटन गर्दै प्रधानमन्त्री ओली

आइतवार , चैत्र ९, २०८१

विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्‌घाटन गर्न लागेका हुन् ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

महाधिवेशनका लागि सङ्गठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइपुगिसकेका छन् । चौतारीको माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेशन स्थलमा आइसक्ने जनाइएको छ ।

महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने छन् । महाधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077