Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु

ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु

आइतवार , चैत्र ९, २०८१

धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

यहीँ चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्को मृत्यु भएको हो ।

उनको शनिवार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशीको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077