दैलेख । दुल्लू नगरपालिका–६ मा चट्याङ लागेर १८ वर्षीय गगन खड्काको मृत्यु भएको छ ।
घर नजिकको गोठमा भैँसीहरू सार्ने क्रममा चट्याङ पर्दा गगन बेहोस भएका थिए ।
स्थानीयले उनलाई तुरुन्त दुल्लू अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गगन चैत १२ गते हुने विज्ञान विषयको एसईई ग्रेडवृद्धि परीक्षाका लागि घर आएका थिए ।