Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा गठन

माओवादी केन्द्रको वैदेशिक रोजगार शाखा गठन

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट उपत्यका विशेष प्रदेश उद्यमी महाशाखा वैदेशिक रोजगार शाखा गठन भएको छ।

सम्पन्न शाखाको दोस्रो भेलाले ईगल म्यानपावर कन्सल्ट्यानटका प्रालिका सञ्चालक कृष्ण ढकालको अध्यक्षतामा १३ सदस्यीय वैदेशिक रोजगार शाखा गठन गरेको हो।

शाखाको उपाध्यक्षमा साउदी नेपाल रिक्रूटमेन्ट प्रालिका सञ्चालक सोम तामाङ, अल फलस ग्रूप ह्युमन रिसोर्स प्रालिका सञ्चालक राजु शर्मा र त्रिपाल स्टारका सरोज लामा रहेका छन् ।

सचिवमा याशिन ओभरसिजका इन्द्र मणि न्यौपाने, सहसचिवमा फरेभर ह्युमन रिसोर्स प्रालिका रवीन्द्र राई रहेका छन् ।

कार्यसमिति सदस्यमा भैरव इन्टरनेशनल प्रालिकी सञ्चालिका सुमिना तामांङ, यभो सपोर्ट ह्युमन रिसोर्स प्रालिका सञ्चालक विमल बस्नेत, पर्सा ओभरसिज प्रालिका इन्द्र तामाङ, ईम्पावर ओभरसिज प्रालिका तारा मणि राई, कान्तिपुर ओभरसिज प्रालिका नवराज पाण्डे, अरेबियन सेन्टर प्रालिका तिपेन्द्र प्रसाद न्यौपाने र गोल्डेन एचिभर्स ईन्टरनेशनल प्रालिका हस्त बहादुर तामांङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077