Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आज विश्वभर पानी दिवस मनाइँदै

आज विश्वभर पानी दिवस मनाइँदै

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । ‘हिमनदी संरक्षण’ नारा लिएर आज विश्वभर विभिन्न कार्यक्रम गरेर पानी दिवस मनाइँदै छ।

बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन र अत्यधिक पानीको प्रयोगजस्ता कारणले पानी सङ्कट बढिरहेको छ। यो दिवसले यस्ता समस्याबारे चेतना फैलाउने विश्वास छ।

पछिल्ला दिनमा जलवायु परिवर्तनले हिमनदी सुक्दै गएको छ। यसले मानव जीवन र प्रकृतिमा ठूलो चुनौती थपिरहेको छ। त्यसैले यो पटक पानी दिवसको नारा हिमनदी संरक्षण राखिएको छ।

सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो। यसले सुरक्षित र स्वच्छ पानीको महत्वबारे जनचेतना बढाउन र व्यवस्थापनका लागि रणनीति बनाउन सहयोग गर्छ।

संसारको कुल पानीको ९७.५ प्रतिशत समुद्रमा छ। यो नुनिलो भएकाले पिउन, सिँचाइ वा विद्युत् उत्पादनमा प्रयोग गर्न सकिँदैन। पानीको सही उपयोग नहुँदा विश्वभर समस्या बढिरहेको छ। अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार एक व्यक्तिलाई वर्षमा नौ हजार घनमिटर पानी चाहिन्छ।

संसारमा उपलब्ध पानीको २.५ प्रतिशत मात्र पिउन योग्य छ। मूल, खोला, नदी र हिमनदीबाट आउने पानी मानव प्रयोगका लागि उपयुक्त छ। पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा भएको पानी पनि प्रयोग गर्न सकिन्छ।

नेपालमा एक व्यक्तिले तीन हजार ६०० घनमिटर पानी उपभोग गर्न सक्ने क्षमता छ। तर, हाल यहाँ एक व्यक्तिले जम्मा तीन सय ९३.५ घनमिटर पानी मात्र प्रयोग गर्छ। संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077