काठमाडौं । राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीको निधन भएको छ ।
उनको उपचारको क्रममा संयुक्त राज्य अमेरिकामा असामयिक निधन भएको हो ।
संखुवासभाका बासिन्दा अधिकारीको निधनले सिंगो पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपा नेपालले विज्ञप्तिमा जनाएको छ।
अधिकारीको निधनमा दुःख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरूमा तीन दिन झन्डा झुकाउने र १३औँ दिनमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ ।
स्वर्गीय अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि संयुक्त राज्य अमेरिकामै गरिने बताइएको छ ।