Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् बक्यौता

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् बक्यौता

शुक्रवार , चैत्र ७, २०८१

नवलपरासी । (बर्दघाट सुस्तापश्चिम) को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्रका अनुसार २३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको हो । उद्योगले २८ किस्तामा बक्यौता तिर्नेछ ।

यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौताबापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो ।

उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077