काठमाडौं । गृह मन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो ।
त्यसमध्ये मन्त्रालयले ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
यसअघि बुधबार र विहीबार गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो ।
