Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कैलालीको जंगलमा बसेका विदेशी नागरिकलाई २४ घण्टाभित्र ठाउँ छोड्न चेतावनी

कैलालीको जंगलमा बसेका विदेशी नागरिकलाई २४ घण्टाभित्र ठाउँ छोड्न चेतावनी

शुक्रवार , चैत्र ७, २०८१

कैलाली । कैलालीमा सयौँ विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको खुलेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करिव हप्ता दिनदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सयभन्दा बढी नागरिक बसोबास गरिरहेको खुलेको हो ।

विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने गरेका छन् । रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन् ।

बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिए ।

निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077