Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

म्याग्दीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

म्याग्दीमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

शुक्रवार , चैत्र ७, २०८१

म्याग्दी । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बिहीबार साँझ धवलागिरि गाउँपालिका– २ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइली रहेका छन् । पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो भने देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन्।

उनीहरु सबैको उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077