Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । स्वरोजगार लघुवित्तको एफपिओ आज बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो। जसमा १९ हजार ५७७ जनाले सेयर पाएका छन्।

जसमध्ये १९ हजार ५७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

उक्त एफपिओमा १७ लाख ८० हजार ४५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए।

जसमा २ हजार ६६४ जना आवेदकको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका १७ लाख ७७ हजार ७९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो।

कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म उक्त एफपिओ निष्कासन गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077