Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • परराष्ट्रमन्त्री राणालाई ओडिसाका मुख्यमन्त्रीले भने – सुरक्षित पठनपाठनका निम्ति सहयोग गर्छौं

    परराष्ट्रमन्त्री राणालाई ओडिसाका मुख्यमन्त्रीले भने – सुरक्षित पठनपाठनका निम्ति सहयोग गर्छौं

    अनलाइन नेपाल
  • शनिबार, १० फाल्गुन २०८१
  • 351
    SHARES

    काठमाडौं । काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग फोन वार्ता गरेकी छन् ।

    केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे जानकारी लिन उनले शनिबार माझीसँग टेलिफोनमा कुराकानी गरेकी हुन् । टेलिफोन वार्ताको क्रममा ओडिसाका मुख्यमन्त्री मोहनचरणले घटनाक्रमलाई आफूहरूले गम्भीर रूपमा लिएको बताएका छन् ।



    “साथै, उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो,” परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो फेसबुक पोस्टमा भनेकी छन् ।

    शनिबार आफूले उडिसाका मुख्यमन्त्री माझीसित फोनमा कुराकानी गरेको उनले जानकारी गराएकी छन् । “उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु,” उनको पोस्टमा उल्लेख छ ।

    नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजबाट स्थायी रूपमै हटाउन उडिसा सरकारले पहल गरिदिनका निम्ति आफूले माझीलाई आग्रह गरेको उनले जानकारी गराइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार