Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दोहोरो अङ्कले बढ्यो नेप्से, १० अर्ब ४३ करोडको कारोबार

दोहोरो अङ्कले बढ्यो नेप्से, १० अर्ब ४३ करोडको कारोबार

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ११.९१ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३९ मा कायम भएको हो।

बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो।

८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो। यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स क्रमश अगाडि देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077