Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ऊर्जामन्त्री खड्का र भारतीय विद्युतमन्त्री खट्टरबीच भेट

ऊर्जामन्त्री खड्का र भारतीय विद्युतमन्त्री खट्टरबीच भेट

बुधवार , माघ ३०, २०८१

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारत पुगेका उर्जामन्त्री खड्काले भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन्।

भेटमा नेपाल भारतबीचको उर्जा विकासका विविध विषयमा छलफल भएको थियो ।

उर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन यही माघ ९ गते दुई देशबीचको सहसचिवस्तरीय बैठक र माघ २९ गते सचिवस्तरीय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिए ।​

उर्जामन्त्री खड्काले गत वर्षको नोबेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077