काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषदको पदेन सदस्यमा मनोनयन भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष केसीलाई उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरेका हुन् ।
उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम केसीलाई पदेन सदस्यमा मनोनयन गरिएको बताइएको छ । अध्यक्ष केसीले मनोनयनको लागि प्रधानमन्त्रीलाई धन्यवाद दिए ।
परिषद्को सदस्यमा गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को पहिलो बैठक मंगलबार बसेको थियो ।
बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद् अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको बताइएको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।