Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सरकारद्वारा वार्ताको लागि आह्वान

सरकारद्वारा वार्ताको लागि आह्वान

बुधवार , माघ ३०, २०८१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ ।

मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गरी काठमाडौँको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसानलाई वार्ताको लागि आह्वान गरेका हुन् ।

प्रवक्ता भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनको लागि आवश्यक कारबाही अगाडि बढाइसकेको बेहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न सङ्घर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ ।”

मन्त्रालयले वार्ताका लागि यस मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077