Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रहरीमा गृहको चरम हस्तक्षेप : रिक्त स्थानमा काज समेत खटाउन दिइएन

प्रहरीमा गृहको चरम हस्तक्षेप : रिक्त स्थानमा काज समेत खटाउन दिइएन

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेपाल प्रहरीको सरुवामा गृह मन्त्रालयको चरम हस्तक्षेप देखिएको छ । कतिसम्म भने बढुवा भएर रिक्त रहेका इन्चार्जमा समेत प्रहरी महानिरीक्षकले काज खटाउन सकेका छैनन् ।

गत ११ माघमा नेपाल प्रहरीका ३५ डीएसपीको एसपीमा बढुवा भएको थियो । इन्चार्जका रुपमा कार्यरत डीएसपीहरु बढुवा भएसँगै ती कार्यालयको प्रमुख पद रिक्त भएको थियो । रिक्त भएका कार्यालयमा प्रहरी महानिरीक्षकले अझै खटाउन सकेका छैनन् ।

महाराजगञ्ज वृत्तका रबिन्द्रनाथ पौडेल, जनसेवाका रुकेश तन्डुकार, दोलखाका युवराज खड्का, इप्रका दमकका निशान थापा लगायत बढुवा भएसँगै कार्यालय प्रमुख पद खाली भएको हो ।

ती कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले काज खटाउन सकेका छैनन् । जसकारण दुई साता भन्दा लामो समयदेखि ती कार्यालय निमित्तको भरमा चलेका छन् ।

प्रहरी महानिरीक्षकले काज खटाउन खोज्न गृहमन्त्री रमेश लेखकले रोक्दै आएको स्रोत बताउँछ । केही डीएसपीहरु बिचौलियामार्फत ती कार्यालयमा जाने प्रयासमा छन् ।

उनीहरुले नै गृहमन्त्रीको सचिवालयलाई प्रभावमा पारेका छन् । जसकारण रिक्त स्थानमा समेत काज खटाउन नसक्ने अवस्थामा प्रहरी प्रधान कार्यलय पुगेको छ ।

एसपीको सरुवामा झनै चलखेल हुने सम्भावना छ । झापा, रुपन्देही, कञ्चनपुर, कैलाली लगायत एक दर्जन जिल्लाका एसपीको एक वर्षको अवधि लगभग पुगिसकेको छ । ती जिल्लामा जानका लागि पनि ठूलो आर्थिक चलखेल भइरहेको स्रोत बताउँछ ।

चलखेलकै आधामा यसअघि चितवनका एसपी गौतम मिश्र को पर्सामा सरुवा भएको थियो । चितवन गएका राजन लिम्बुले फेरि झापा सरुवा मागेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077