Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कानुनीरूपमै अलग भए एलिना चौहान र विष्णु सापकोटा

कानुनीरूपमै अलग भए एलिना चौहान र विष्णु सापकोटा

मंगलवार , माघ २९, २०८१

काठमाडौं । गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् ।

मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी गराएकी हुन् ।

पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।

एलिनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,'प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।'

उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । तर, त्यसकै अभावमा आफूहरू अलग भएको उनको भनाइ छ ।

एलिनाले १८ माघमा जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्। उनले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077