Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा

मंगलवार , माघ २९, २०८१

काठमाडौं । भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले झिनो सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो ।

धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो। अहिले १०७ मा परेर एक अंक सुधार गरेको हो।

गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।

साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077