Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

शानदार मःम ग्यास विस्फोट : घाइते भएका दुई जनाको मृत्यु

शानदार मःम ग्यास विस्फोट : घाइते भएका दुई जनाको मृत्यु

मंगलवार , माघ २९, २०८१

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विस्फोटमा घाइते भई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।

रविनको हिजो साँझ र भीमको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बिहीबार मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए । अन्यको कीर्तिपुर अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077