कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
सोमबार साँझ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-१२, भाईरल रोडमा सुप्रप०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
सो दुर्घटनामा चालक कैलाश सिंह साउँद र पछाडि सवार गणेश विष्ट गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्याइएको थियो ।
अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि दुबै जनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । उनीहरु दोधराबाट महेन्द्रनगरतर्फ जाँदै थिए ।
अनियन्त्रित भई सडकको डिभाइडरमा रहेको बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।