काठमाडौँ । सरकारले अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएकोहो ।
उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
डा. घिमिरेलाई राष्ट्रपति कार्यालय पठाइएको छ भने राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवको जिम्मेवारी दिइएको बताइएको छ ।