Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बाँदर नियन्त्रण र बँदेल मार्न पाउनुपर्ने माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बाँदर नियन्त्रण र बँदेल मार्न पाउनुपर्ने माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सोमवार , माघ २८, २०८१

काठमाडौं । ग्रामीण क्षेत्रमा जंगली बँदेल र बाँदरबाट कृषि बाली नष्ट हुने समस्याको समाधानका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस सांसद राजेन्द्र बजगाईं प्रस्तावक र उदयशमशेर जबरा, सुरेन्द्र आचार्य समर्थक भएर दर्ता गरिएको प्रस्तावमा बँदेलको आक्रमणलाई प्रतिरोध गर्न किसानलाई शिकार अनुमति दिनुपर्ने उल्लेख छ ।

अर्ध–स्वचालित हतियार चलाउने तालिम प्राप्त किसानलाई त्यसको लाइसेन्स उपलब्ध गराउनेलगायतका उपायहरु प्रस्तावमा राखिएको छ । त्यस्तै बाँदर नियन्त्रणका लागि बाँदरलाई मार्न नहुने भएकाले मानवीय वैकल्पिक समाधानको प्रस्ताव राखिएको छ ।

त्यसका लागि बाँदरलाई जंगलमै खाद्य बगैंचा स्थापना गर्नेदेखि जैविक घेराबारलगायत बाँदरलाई मन नपर्ने बोटबिरुवा लगाउने तथा वन विभागसँग सहकार्य गरेर बाँदर नियन्त्रण टोली खडा गर्नेलगायतका समाधानका उपाय सुझाइएको छ ।

सोमबारै संसद सचिवालयमा दर्ता भएको अर्को जरुरी सार्वजनिक महत्वको प्रस्तावमा १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा संकलनमा रोक लगाउन प्रस्ताव गरिएको छ ।

कांग्रेस सांसद बजगाईं प्रस्तावक र सुरेन्द्र आचार्य तथा कान्तिका सेजुवाल समर्थक भएको सो प्रस्तावमा यार्सागुम्बा संकलकलाई सुरक्षित आवास, उचित खाना र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077