Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मकुना हात्ती गोली प्रकरण : छानबिन समिति चितवनमा

मकुना हात्ती गोली प्रकरण : छानबिन समिति चितवनमा

सोमवार , माघ २८, २०८१

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गोली लागेर मरेको जंगली हात्ती मकुना घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन पुगेको छ ।

घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन पुगेर सरोकारवाला पक्षसँग छलफल थालेको हो ।

समितिले आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसँग छलफल गरेको छ भने आजै निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, निकुञ्जका अधिकारी तथा नेपाली सेनासँग छलफल गर्ने समिति संयोजक बुद्धिसागर पौडेलले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ गते भाले जंगली हात्ती मकुना मरेको थियो । सेनाले भने निकुञ्जको कोर क्षेत्रमा धपाउन गएको टोली माथि जंगली हात्ती मकुनाले आक्रमण गर्न थालेपछि गोली चलाएको दावी गरेको छ ।

सहसचिव डा पौडेलको नेतृत्वमा बनेको ५ सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077