सुर्खेत । तीर्थ यात्री सवार बस सुर्खेतमा दुर्घटना भएको छ । सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भमेला जाँदै गरेको भे १ ख ४३३१ नम्बरको बस बबई क्षेत्रमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बसमा ४० जना यात्रुहरूको सवार थिए ।
रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
घटनास्थलमा प्रहरी चौकी चेपाङ बर्दिया र बबईको टोलीमा घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
Leave a Reply