Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

टेकुको कबाडी गोदाममा महानगरको डोजर, नगर प्रहरी र मजदुरबीच झडप

टेकुको कबाडी गोदाममा महानगरको डोजर, नगर प्रहरी र मजदुरबीच झडप

आइतवार , माघ २७, २०८१

काठमाडौं । टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । गोदाम भत्काउन पुगेका महानगर प्रहरीको टोलीसँग मजदुरहरूको झडपसमेत भएको छ ।

सो क्रममा केही मजदुर घाइते भएका छन् । व्यवसायीहरूका अनुसार ३ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको छ ।

कबाडी व्यवसायीहरूले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै निरन्तर महानगरको कदमको विरोध गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले भने महानगरपालिकाभित्र कबाड व्यवसाय गर्न नपाउने बताउँदै आएको छ ।

वस्तीका बिचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिइरहेको छ ।

गोदाम खाली गर्न पटक–पटक सूचना दिँदा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ। यता कवाडी व्यवसायीले भने त्यसको प्रतिकार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077