Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार, १८ वर्षिय युवक फरार

    स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार, १८ वर्षिय युवक फरार

    अनलाइन नेपाल
  • आइतबार, २७ माघ २०८१
  • 735
    SHARES

    धनगढी । धनगढीमा एक किशोरीमाथि डर त्रास देखाएर बलात्कार भएको छ । कक्षा ७ मा अध्ययनरत किशोरीमाथि चक्कु देखाउँदै त्रास देखाएर बलात्कार भएको धनगढी प्रहरीले जनाएको छ ।

    अध्ययनका लागि धनगढी बस्दै आएकी बाजुराकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी उनले शनिबार मात्रै प्रहरीलाई जानकारी गराएकी हुन् ।



    प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा एक युवकले उनलाई रोकेर चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

    किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेको प्रहरीले जनाएको छ । घरमै लगेर जबरजस्ती करणी गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार