Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार, १८ वर्षिय युवक फरार

स्कुलबाट फर्कदै गरेकी १४ वर्षीया किशोरीलाई घरमै लगेर बलात्कार, १८ वर्षिय युवक फरार

आइतवार , माघ २७, २०८१

धनगढी । धनगढीमा एक किशोरीमाथि डर त्रास देखाएर बलात्कार भएको छ । कक्षा ७ मा अध्ययनरत किशोरीमाथि चक्कु देखाउँदै त्रास देखाएर बलात्कार भएको धनगढी प्रहरीले जनाएको छ ।

अध्ययनका लागि धनगढी बस्दै आएकी बाजुराकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी उनले शनिबार मात्रै प्रहरीलाई जानकारी गराएकी हुन् ।

प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा एक युवकले उनलाई रोकेर चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।

किशोरीमाथि घरमै जबरजस्ती करणी गरेर युवक भागेको प्रहरीले जनाएको छ । घरमै लगेर जबरजस्ती करणी गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077